Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या, एप्पलले भन्यो–अनुसन्धान गर्छौ

Oct 9, 2017 under Science & Tech 185

दुई साता अघि बिक्री सुरु भएको आइफोन एट प्लसमा व्याट्री फूल्ने समस्या देखिएको रिपोर्ट सार्वजनिक भएको छ । जापान, ताइवान, ग्रीस, क्यानडा र चीनमा बिक्री भएको केही आइफोन एट प्लसको व्याट्री फूल्ने समस्या देखिएको हो ।

सिनेटले सार्वजनिक गरेको रिपोर्टमा एप्पलका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको छ–हामी यो समस्याप्रति जानकार छौं र यसमा अनुसन्धान गरिरहेका छौं । अहिलेसम्म कम्तिमा ६ वटा डिभाइसमा यस्तो समस्या देखिएको उल्लेख छ । 

 

 

 

प्रयोगकर्ताले व्याट्री फूल्ने समस्या देखिएपछि सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेपछि यी जानकारीहरु बाहिर आएका हुन् । 

 

 

 

एक चिनियाँ प्रयोगकर्ताले सार्वजनिक गरेको फोटोमा आइफोन एटको व्याट्री फुलेर आइफोन ‘केस’ नै माथि उठेको देखिएको छ । 



eKantipur
No news.
Australian Dollar to Nepalese Rs